Wednesday, June 10, 2026
बुधबार, जेठ २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.59 SELL AUD/NPR 109.69 SELL BHD/NPR 405.11 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोजित समारोहमा गृह मन्त्रीका रूपमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुनले शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सांसदहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

गुरुङ यसअघि पनि गृह मन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काइएको हो।

गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद गुरुङको पुनर्नियुक्तिलाई सरकारको महत्वपूर्ण राजनीतिक निर्णयका रूपमा हेरिएको छ।

त्यस्तै म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्। पुन यसअघि पनि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुन पुनः सरकारमा फर्किएका हुन्।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रधानमन्त्री शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई थप पूर्णता दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्