Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बालेन सरकारले सय दिन नपुग्दै धेरै गल्ती गरिसक्यो : धवल शमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर राणाले बालेन शाह नेतृत्वको वर्तमान सरकारले सय दिन नपुग्दै गम्भीर गल्तीहरू गरेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सरकारले छोटो अवधिमै जनतामाझ प्रश्न खडा गरेको टिप्पणी गरे। उनका अनुसार वर्तमान सरकार असफल भएमा नेपाली जनताले नयाँ राजनीतिक विकल्प खोज्नेछन्।

राणाले आफूहरू गठन गर्न लागेको नयाँ दलले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोकेर अघि बढ्ने बताए। उनले एमाले, कांग्रेस, माओवादी वा राप्रपाभन्दा फरक राजनीतिक विकल्पका रूपमा नयाँ पार्टीलाई स्थापित गर्ने दाबी गरे।

उनले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डा र अन्य औपचारिक विवरण केही समयपछि सार्वजनिक गरिने जानकारी दिए।

कार्यक्रममा उनले भने, “यो बालेन सरकार सय दिन नपुग्दै विभिन्न प्रश्नहरूको घेरामा परेको छ। धेरै गल्ती गरिसकेको छ। यदि यो सरकार असफल भयो भने जनताले नयाँ विकल्प खोज्नेछन्, र त्यो विकल्प हाम्रो नयाँ पार्टी हुनेछ।”

राणाले आगामी स्थानीय तहको निर्वाचनमा नयाँ पार्टीले सक्रिय रूपमा सहभागिता जनाउने घोषणा पनि गरे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्