Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

काठमाडौंमा ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनको तयारी, ट्राफिक जाममा पनि छिटो स्वास्थ्य सेवा पुग्ने

काठमाडौं महानगरपालिकाले साँघुरा सडक र बढ्दो सवारी चापका कारण आपत्कालीन अवस्थामा बिरामीसम्म समयमै स्वास्थ्य सेवा पुर्‍याउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ।

महानगरका अनुसार परम्परागत एम्बुलेन्स ट्राफिक जाम वा साँघुरो गल्लीमा सहजै पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत स्वास्थ्यकर्मी तथा आवश्यक प्राथमिक उपचार सामग्री घटनास्थलमा छिटो पुर्‍याउने अवधारणामा काम भइरहेको हो।

यो सेवामार्फत गम्भीर बिरामीलाई अस्पताल लैजानुअघि प्रारम्भिक उपचार उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई छिटो घटनास्थलमा पुर्‍याउने तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

महानगरले यस योजनालाई वैज्ञानिक र व्यवहारिक ढंगले कार्यान्वयन गर्न आवश्यक तयारी तथा अध्ययन अघि बढाएको जनाएको छ। विशेषगरी साँघुरा बस्ती, अत्यधिक ट्राफिक हुने क्षेत्र र एम्बुलेन्स पुग्न कठिन स्थानमा बाइक एम्बुलेन्स प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बढ्दो शहरीकरण र ट्राफिक व्यवस्थापनका चुनौतीबीच यस्तो सेवा सञ्चालनमा आएमा आपत्कालीन स्वास्थ्य सेवाको पहुँच र प्रतिक्रिया समय सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास महानगरको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्