Sunday, June 21, 2026
आइतबार, असार ७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.52 SELL AUD/NPR 107.35 SELL BHD/NPR 404.38 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जीतपुरसिमरा उपमहानगरको कडा कदम, निर्माण कम्पनीसँगको सम्झौता अन्त्य

जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नगरेको भन्दै पर्सास्थित एन. के. कन्स्ट्रक्सनसँग भएका दुई वटा ठेक्का सम्झौता रद्द गरेको छ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका योजनाहरूको काम समयमै सम्पन्न नभएको र पटक–पटक ताकेता गर्दा पनि सन्तोषजनक प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा सम्झौताका शर्तअनुसार ठेक्का अन्त्य गरिएको जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाका अनुसार २०८३ वैशाख २२ गते १५ दिने स्पष्टीकरण माग गर्दै सूचना जारी गरिएको थियो। तर निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभएको तथा कार्य सम्पन्न गर्न आवश्यक अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना र प्रतिबद्धता पेश नगरेपछि सम्झौता रद्द गर्ने निर्णय गरिएको हो।

रद्द गरिएका योजनामा वडा नम्बर ७ स्थित फकिरागिरी विद्यालय भवन निर्माण र वडा नम्बर १२ को वडा कार्यालय भवन निर्माण रहेका छन्। यी दुवै योजनाको निर्माण जिम्मेवारी एन. के. कन्स्ट्रक्सनले लिएको थियो।

उपमहानगरपालिकाले अब सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। साथै सम्पन्न भएको र बाँकी रहेको कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारक प्रक्रिया समेत अगाडि बढाइने बताइएको छ।

उपमहानगरले निर्माण व्यवसायी वा उसका प्रतिनिधिलाई सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाले यो जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो पटक निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरेको घटना भएको उल्लेख गर्दै भविष्यमा पनि काम नगर्ने निर्माण व्यवसायीविरुद्ध कडा कदम चालिने र आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा राख्न पहल गरिने बताएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्