Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सिरहामा हृदयविदारक घटना : पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–७ मा पोखरीमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।
आइतबार दिउँसो गोलबजार–७ स्थित पशु बजार नजिक रहेको पशुहरूलाई पानी खुवाउन बनाइएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा तीनै जना बालबालिका डुबेका हुन्।
मृत्यु हुनेमा स्थानीय रूपमा बसोबास गर्दै आएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र सात वर्षीय छोरा साइफुल शेख रहेका छन्।
अवास शेखको स्थायी घर रौतहट जिल्लाको जिगरवा भए पनि उनी लामो समयदेखि परिवारसहित सिरहाको गोलबजार नगरपालिका–७ मा भाडाको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार शेखका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो घर नजिकै खेल्न निस्किएका थिए। खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। त्यही खाल्डोमा नुहाउने क्रममा तीनै जना अचानक डुबेका थिए।
घटनाबारे जानकारी पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थल पुगेका थिए। तत्काल उद्धार गरी उपचारका लागि प्रयास गरिए पनि तीनै जनाको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।
एकै परिवारका तीन बालबालिकाको असामयिक मृत्युले स्थानीय समुदाय शोकमा डुबेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्