Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

चुरियामाईमा भारतीय टेलरको ठक्करले पाँच सवारी साधनमा क्षति

बारा । जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक हेटौँडा–पथलैया सडकखण्डमा भारतीय टेलर ट्रकले पाँच वटा सवारी साधनलाई ठक्कर दिँदा ठूलो भौतिक क्षति भएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

बिहीबार राति करिब १० बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D 7969 नम्बरको भारतीय टेलर ट्रक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरीत लेनमा पुगेको थियो। त्यस क्रममा पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका पाँच वटा सवारी साधनलाई ट्रकले एकपछि अर्को गर्दै ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चितवनको भरतपुर–१० का मनोज गुरुङले चलाएको ना.१ ज ६८८१ नम्बरको कार, नवलपुर–८ का दुर्गा बहादुर पौडेलले चलाएको लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, भरतपुर–११ का आशिष श्रेष्ठले चलाएको बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, हेटौँडा–८ का राजु कुमार भेटवालले चलाएको ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र हेटौँडा–९ का नितेश पौडेलले चलाएको बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ।

दुर्घटनाबाट सवारी साधनको अगाडिको भाग, सिसा तथा साइडमा ठूलो क्षति पुगेको छ। यद्यपि, दुर्घटनामा कुनै पनि व्यक्ति घाइते वा मृत्यु भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

दुर्घटना गराएपछि भारतीय टेलरका चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट करिब १० किलोमिटर उत्तरमा भएको दुर्घटनाका कारण केही समय हेटौँडा–पथलैया सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भएको थियो। दुर्घटनाग्रस्त ट्रक तथा सवारी साधन सडकबाट हटाउन प्रहरीले क्रेनको प्रयोग गरेको थियो।

क्षतिग्रस्त तथा पल्टिएको ट्रकलाई हटाएर सम्बन्धित स्थानमा ल्याएपछि शुक्रबार बिहान करिब २ बजेदेखि राजमार्गमा दुवैतर्फको यातायात पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्