Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकद्वारा क्यान्सरपीडितलाई मेडिकल बेड तथा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, असार २८ — लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकद्वारा आज गह्येरमा क्यान्सरपीडित श्री राजु कुसुवार माझीलाई सुविधा सम्पन्न मेडिकल बेड, एयर म्याट्रेस तथा डायपर हस्तान्तरण गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकाका निवासी श्री माझी हाल थानकोटमा उपचाररत हुनुहुन्छ। उक्त सहयोग श्री भेषराज पोख्रेल र श्री हसन गोपालीको सिफारिसमा प्रदान गरिएको हो।

सेवा कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन पीएमजेएफ रमेश अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै लायन गणेश जीसी, लायन सुवर्ण कँडेल, लायन प्रणिमा जोशी, क्लबकी अध्यक्ष लायन दिबेश्वरी श्रेष्ठ जोशी तथा द्वितीय उपाध्यक्ष लायन निशा नेम्कुललगायत पीभीएसटीका सम्पूर्ण सदस्य तथा टोलीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता मानवीय सेवामूलक कार्यले समुदायमा सहानुभूति, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

क्लबका सचिव लायन सञ्जय कुमार कुशवाहाले आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समुदाय सेवामा सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सेवा कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन पीएमजेएफ रमेश अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै लायन गणेश जीसी, लायन सुवर्ण कँडेल, लायन प्रणिमा जोशी, क्लबकी अध्यक्ष लायन दिबेश्वरी श्रेष्ठ जोशी तथा द्वितीय उपाध्यक्ष लायन निशा नेम्कुललगायत पीभीएसटीका सम्पूर्ण सदस्य तथा टोलीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता मानवीय सेवामूलक कार्यले समुदायमा सहानुभूति, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्