Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

श्यामलाल खड्गी अध्यक्ष र सञ्जय कुमार कुशवाहा महासचिवमा निर्वाचित, KWW–Nepal को नयाँ कार्यसमिति गठन

नेपाल इन्टरनेशनल कराँते अर्गनाइजेसन क्योकुशिनकाईकान क्योकुशिन वर्ल्ड वे (KWW–नेपाल) को पाँचौँ साधारण सभा तथा प्रथम अधिवेशन २०८३ साल असार २७ गते काठमाडौंको कुलेश्वरस्थित दरबार स्टार फुडल्याण्डमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर रहनुभएको थियो।

अधिवेशनबाट आगामी पाँच वर्षका लागि श्यामलाल खड्गीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिमा ब्राञ्च चिफमा सिहान गणेश प्रसाद चौधरी, प्रथम उपाध्यक्षमा विष्णु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा महेश दनुवार, महासचिवमा सञ्जय कुमार कुशवाहा, सचिवमा पवन रायमाझी, सहसचिवमा अहिल्या अधिकारी तथा कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा राजु तामाङ, राम प्रसाद सापकोटा, राधा कृष्ण खड्गाना, होम बहादुर राई, विवेक बर्देवा, नवराज थापा, विनिता भण्डारी, सुषान्त तामाङ र सरोज श्रेष्ठ रहनुभएको छ। वरिष्ठ सल्लाहकारमा रामकृष्ण खड्गी तथा सल्लाहकारहरूमा रोकेश महर्जन र शान्त श्रेष्ठ चयन हुनुभएको छ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि मानन्धरले खेलाडी विकासका लागि संस्थालाई रु. २५,००० सहयोग प्रदान गर्नुभयो। साथै, उहाँले आगामी दिनमा खेलाडी तथा संस्थाको समग्र विकासका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित कार्यसमितिले आगामी पाँच वर्षमा कराँते खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिभा विकासका लागि विविध प्रशिक्षण, प्रतियोगिता तथा अन्य रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। उपस्थित सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली कराँते क्षेत्रको थप उन्नतिको अपेक्षा व्यक्त गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्