Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

बागमतीमा लाइसेन्स शुल्क दोब्बर, साउन १ देखि नयाँ दर लागू

बागमती प्रदेश सरकारले करिब एक दशकपछि पहिलो पटक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी शुल्क संशोधन गरेको छ। नयाँ शुल्क साउन १ गतेदेखि लागू हुने भएको छ।

संशोधित शुल्कअनुसार नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, मोटरसाइकल तथा स्कुटरको लाइसेन्स जारी गर्ने र नवीकरण गर्ने शुल्क १ हजार ५०० रुपैयाँबाट बढाएर ३ हजार रुपैयाँ पुर्‍याइएको छ। यससँगै साउन १ गतेदेखि लाइसेन्स बनाउन वा नवीकरण गर्न जाने सेवाग्राहीले अघिल्लोभन्दा दोब्बर शुल्क तिर्नुपर्नेछ।

प्रदेश सरकारले करिब १० वर्षपछि पहिलो पटक लाइसेन्ससम्बन्धी शुल्क पुनरावलोकन गरेको जनाएको छ। सरकारका अनुसार सेवा सञ्चालनको लागत, व्यवस्थापन तथा प्रशासनिक खर्चलाई ध्यानमा राख्दै शुल्क समायोजन गरिएको हो।

नयाँ शुल्क लागू भएसँगै सेवाग्राहीको आर्थिक भार बढ्ने भए पनि प्रदेश सरकारले यसलाई सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको आवश्यक संशोधनका रूपमा व्याख्या गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्