Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

आत्महत्या ठानिएको युवकको मृत्यु हत्या रहेछ, पत्नी र प्रेमीमाथि आरोप

भारतको हरियाणाको रेवाडीमा २१ वर्षीय युवकको मृत्यु सुरुमा आत्महत्या ठानिए पनि पुनः अनुसन्धानपछि योजनाबद्ध हत्या भएको खुलेको छ। प्रहरीले मृतककी पत्नी र उनका प्रेमीमाथि हत्या गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृतक मोनूलाई उनकी पत्नी तनुले भेट्ने बहानामा नहर किनारमा बोलाएकी थिइन्। त्यहाँ पहिलेदेखि लुकेर बसेका तीन जनाले उनलाई नियन्त्रणमा लिएर मुख र नाक थिचेका थिए। बेहोस भएपछि उनलाई नहरमा डुबाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनालाई आत्महत्या जस्तो देखाउन स्कुटर नहर नजिकै छाडिएको र मोबाइलको सम्पूर्ण डाटा मेटाइएको पनि प्रहरीले जनाएको छ।

जुन ७ मा पत्नीलाई लिन ससुराली जाने भन्दै घरबाट निस्किएका मोनू त्यसपछि सम्पर्कविहीन भएका थिए। भोलिपल्ट नहरबाट उनको शव फेला परेपछि प्रहरीले सुरुवातमा आत्महत्याको निष्कर्ष निकालेको थियो।

तर, परिवारले मोबाइलमा रहेका सबै डाटा मेटिएको देखेपछि शंका व्यक्त गरे। त्यसपछि साइबर विशेषज्ञको सहयोगमा डाटा रिकभर गर्दा घटनाको दिन मोनूले पत्नीलाई ४९ पटक फोन गरेको, तर तनुले एक पटक मात्रै करिब तीन मिनेट फोन उठाएको तथ्य खुलेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो।

पुनः अनुसन्धानका क्रममा पक्राउ परेकी पत्नी तनुले आफ्ना प्रेमी र अन्य सहयोगीसँग मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक सहयोगी पक्राउ परिसकेका छन् भने प्रेमीसहित अन्य आरोपीको खोजी जारी छ।

प्रहरीका अनुसार मोबाइलको कल विवरण, च्याट र रिकभर गरिएको डिजिटल डाटाले घटनाको वास्तविकता उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्