Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

नेपाली श्रमिकका समस्या समाधानमा नेपाल–इजरायल सहकार्य, मन्त्री यादव र राजदूत एरी बासबीच छलफल

नेपाल–इजरायलबीच श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा पछिल्लो समय इजरायल रोजगारीका लागि जाने नेपाली श्रमिकले सामना गरिरहेका विभिन्न समस्याका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी श्रमिकलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा इजरायल पठाउने प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको बताइएको छ।

छलफलका क्रममा इजरायल जान इच्छुक नेपाली श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण (हेल्थ चेकअप) र भाषा परीक्षासम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।

भेटमा मन्त्री यादव र राजदूत एरी बासले नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल र इजरायलबीच निरन्तर द्विपक्षीय संवाद र समन्वयलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले श्रमिकको हितलाई केन्द्रमा राखेर आवश्यक सुधार र सहकार्यलाई निरन्तरता दिने तथा भविष्यमा पनि यस्ता द्विपक्षीय भेटवार्तालाई नियमित बनाउने सहमति व्यक्त गरेका छन्।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्