Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वैदेशिक रोजगारीको नाममा ५० लाखभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाही चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए। प्रारम्भिक अनुसन्धानमा वैदेशिक रोजगारीको नाममा संगठित रूपमा ठगी गरिएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्