Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

घरबाटै एनओसी: वैदेशिक अध्ययनका लागि अनलाइनबाटै आवेदन, डाउनलोड र प्रयोग

वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब घरबाटै लिन सकिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रणालीलाई पूर्ण रूपमा ‘फेसलेस’ बनाउँदै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो।

यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय सँग एपीआईमार्फत प्रणाली अन्तरआवद्धता गर्ने काम सम्पन्न गरिएको छ। त्रिविसँग वैशाख ४ गते सम्झौता भएको हो भने केयूसँग यसअघि नै सहकार्य भइसकेको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थीहरूले घरमै बसेर एनओसीका लागि आवेदन दिन, आवश्यक शुल्क अनलाइनमार्फत तिर्न र स्वीकृत भएपछि प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन्। क्यूआर कोडसहितको एनओसी आफैं प्रिन्ट गरेर प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।

यसअघि आवेदन दिएपछि विवरण प्रमाणीकरणका लागि आवेदकलाई भौतिक रूपमा कार्यालय उपस्थित हुनुपर्ने बाध्यता थियो। तर अब नागरिकता विवरण गृह मन्त्रालय अन्तर्गतको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (सीआइएमएस)’ र शैक्षिक विवरण राष्ट्रीय परीक्षा बोर्ड सँगको प्रणालीमार्फत स्वतः जाँच हुने भएकाले कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।

स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाने विद्यार्थीका हकमा पनि अब त्रिवि र केयूको प्रणालीसँगको अन्तरआवद्धताले प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै हुने भएको छ।

त्यसैगरी, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम (रिमास)’ सँगको एकीकरणपछि एनओसी सम्बन्धी राजस्व पूर्ण रूपमा डिजिटल माध्यमबाट संकलन हुने व्यवस्था गरिएको छ।

यस कदमलाई सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने दिशामा महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्