Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सरकारले हटाउँदैछ दुई दिने सार्वजनिक बिदा ? मन्त्रिपरिषद्बाट निर्णय हुने तयारी

सरकारले हाल लागू रहेको हप्ताको दुई दिने सार्वजनिक बिदा व्यवस्था पुनरावलोकन गर्ने तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार अपेक्षाअनुसार प्रभावकारी नदेखिएको निष्कर्षसहित उक्त व्यवस्था हटाउने विषयमा सरकारभित्र छलफल तीव्र बनेको छ।

स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गरेमा शनिबार र आइतबार दिइँदै आएको दुई दिने सार्वजनिक बिदा अन्त्य हुन सक्नेछ। निर्णय भएमा देश पुरानै व्यवस्था अनुसार सातामा एक दिन मात्र सार्वजनिक बिदा हुने प्रणालीमा फर्किनेछ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गत चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने तथा प्रशासनिक खर्च नियन्त्रण गर्ने उद्देश्यसहित हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसयता सरकारी कार्यालय, विद्यालय तथा विभिन्न सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिइँदै आएको छ।

तर, कार्यान्वयनको केही महिनामै उक्त व्यवस्थाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा सेवा प्रवाहमा असर परेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो। प्रशासनिक कामकाजमा ढिलाइ, सेवाग्राहीको असुविधा तथा आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको गुनासोहरू समेत सार्वजनिक भएका थिए।

यद्यपि दुई दिने बिदा हटाउने सम्बन्धमा अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सरकार स्रोतले जनाएको छ। निर्णय भएमा सार्वजनिक बिदासम्बन्धी व्यवस्था पुनः पुरानै ढाँचामा फर्किनेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्