Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

त्रिभुवनमा ठूलो दुर्घटना टर्‍यो, टर्किस एयरको विमानको चक्कामा आगो

काठमाडौं । आज बिहान इस्तानबुलबाट २७७ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ।

विमान रनवेमा अवतरण गरिरहेका बेला अचानक चक्काबाट धुवाँ र आगो निस्किएको देखिएपछि विमानस्थल क्षेत्रमा केही समय त्रासपूर्ण अवस्था सिर्जना भएको थियो। घटनापछि विमानस्थलको अग्नि नियन्त्रण टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आपत्कालीन उद्धार टोली तत्काल परिचालित भएका थिए।

सक्रिय उद्धार र अग्नि नियन्त्रण प्रयासपछि आगो नियन्त्रणमा लिइएको विमानस्थल स्रोतले जनाएको छ। विमानमा सवार सबै २७७ यात्रु सुरक्षित रहेका छन्। प्रारम्भिक जानकारीअनुसार केही यात्रु सामान्य घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

घटनापछि केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित बनेको थियो। सुरक्षा संवेदनशीलता बढाइएपछि केही उडान होल्ड गरिएको बताइएको छ।

विमानमा आगलागी हुनुको कारणबारे प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमानमा अवतरणका क्रममा प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण चक्कामा आगो लागेको हुन सक्ने बताइएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्