Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, ६ करोड ५२ लाख ठगी र सम्पत्ति शुद्धीकरणको आरोप

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई नेपाल ल्याएर हाल प्रहरी हिरासतमा राखिएको छ । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार अधिकारीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा गत साउनमै ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनको बैंक खाता तथा आर्थिक कारोबार जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत अघि बढाइएको थियो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध जाहेरी दिएका थिए । उजुरीपछि अनुसन्धान सुरु भए पनि उनी फरार भएकी थिइन् ।

प्रहरीले उनी विदेश भागेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरेको थियो । सोही आधारमा थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्