पूर्वगृहमन्त्री तथा सांसद Sudan Gurung ले आफूविरुद्ध गठन गरिएको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै गुरुङले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै यदि गल्ती प्रमाणित भए सरकारले कुनै हालतमा नजोगाउने बताए । उनले वर्तमान सरकारले दोषीलाई संरक्षण गर्ने प्रवृत्ति नरहेको दाबी गरे ।
गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्याउने काम हाम्रोमा हुँदैन ।”
उनले छानबिन समिति गठन हुनुअघि नै दलका शीर्ष नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता भए/नभएकोबारे प्रश्न गरेको समेत खुलासा गरे । गलत काम गरेको पाइए कारबाही हुनेबारे नेताहरूले पहिल्यै सचेत गराइसकेको भन्दै गुरुङले आफू ढुक्क रहेको बताए ।
“नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै भनिसक्नुभएको छ । म ढुक्क छु, मेरो कुनै गल्ती छैन,” उनले भने ।
सरकारले पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेपछि उनले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
यसैबीच, रास्वपा नेतृ Eliza Gurung ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्