Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारासहित देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले बारासहित देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै साँझदेखि बिहीबार बिहानसम्म हावाहुरीसहितको मौसम प्रणाली सक्रिय रहने जानकारी दिएको हो। विभागका अनुसार उक्त प्रणाली बुधबार साँझ करिब ६ बजेदेखि सुरु भई बिहीबार बिहान ८ बजेसम्म प्रभावकारी रहनेछ।

विशेषगरी सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङलगायतका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ।

यस अवधिमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ। पश्चिमबाट सुरु भएको यो मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्ने भएकाले देशका धेरै स्थानमा यसको प्रभाव पर्ने अनुमान गरिएको छ।

हावाहुरीका कारण धनजनको क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरेको छ।

विभागले मौसमसम्बन्धी थप अद्यावधिक जानकारी नियमित रूपमा लिन पनि सर्वसाधारणलाई अनुरोध गरेको

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्