सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा कार्यक्रमतर्फ १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, सामाजिक विकृति तथा विसंगति नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरिने घोषणा गरिएको छ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा तथा बाल संरक्षणका कार्यक्रमलाई थप सुदृढ बनाइने बताएका हुन्।
सरकारले नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसका लागि उद्धार, पुनःस्थापना, शिक्षा तथा संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, बाल सुधार गृहहरूको भौतिक तथा व्यवस्थापकीय सुधार गरिने बजेटमा उल्लेख छ। बालअधिकार संरक्षण र सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै कमजोर तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्