Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सदनमा फेरि श्रम संस्कृतिको आवाज, प्रधानमन्त्री र मन्त्रीको उपस्थितिको माग

७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर बोल्न समय माग गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले त्यसपछि पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्न समय दिएका थिए । राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित रूपमा उपस्थित हुनुपर्ने र सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह तथा रक्षासहितका मन्त्रालयको कार्यभार सम्हालिरहेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासी व्यवस्थापन लगायतका विषयमा सरकारको धारणा सदनमै स्पष्ट गर्न माग गरे ।

अध्यक्ष राईले सरकार संसद्प्रति जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिएका थिए ।

उनको भनाइपछि सभामुख अर्यालले उठाइएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै श्रम संस्कृति पार्टीका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्