Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा आज सुनुवाइ

पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba ले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशीमा चढेको हो ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो ।

देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । तर सर्वोच्च अदालतमा दायर रिटमा देउवाले उक्त मुद्दा हेर्ने अधिकार विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने दाबी गरेका छन् ।

रिटमा काठमाडौं जिल्ला अदालतसँग यस विषयमा क्षेत्राधिकार नै नभएको अवस्थामा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरिएको छ । साथै उनले अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको तथा पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

देउवा र उनकी पत्नी पछिल्लो समय हङकङ गएका थिए । उनीहरू हालसम्म काठमाडौं फर्किएका छैनन् । यसबीच विभागले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाएको भए पनि INTERPOL ले हालसम्म रेड कर्नर नोटिस जारी गरेको छैन ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्