Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शपथ ग्रहण समारोह सम्पन्न गरी राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथका लागि आयोजित विशेष समारोह सम्पन्न भएपछि उनी औपचारिक रूपमा बाहिरिएका हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहणसँगै बालेन्द्र शाहले मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।

अब प्रधानमन्त्री शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ जाने कार्यक्रम रहेको छ। उनले दिउँसो करिब सवा दुई बजे प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारी गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्