Wednesday, June 10, 2026
बुधबार, जेठ २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.59 SELL AUD/NPR 109.69 SELL BHD/NPR 405.11 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

एसईई रिजल्ट चाँडै: डेटा इन्ट्री कार्य अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्ड ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ। बोर्डले २९ वैशाखभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राख्दै डेटा इन्ट्रीको काम गरिरहेको जनाएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विभिन्न जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा आउने क्रम जारी छ। “मार्कस्लिप छुट्याएर इन्ट्री गरिरहेका छौँ, उत्तरपुस्तिका पनि आइरहेका छन्,” उनले बताए।

यस वर्षको एसईई Secondary Education Examination (SEE) Nepal १९ देखि २९ चैतसम्म सञ्चालन भएको थियो। विशेषतः यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो, जसले नतिजा छिटो प्रकाशनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हालसम्म ८–१० जिल्लाबाट सामग्री आइसकेको छ भने अन्य जिल्लाबाट आउने क्रम जारी रहेको बोर्डले जनाएको छ। बोर्डमा ३० जनाको टोली खटिएको छ, जसमा १७ जना कर्मचारी इन्ट्री कार्यमै संलग्न छन्। नतिजा समयमै सार्वजनिक गर्न कर्मचारीहरूले बिदाका दिनमा समेत काम गरिरहेका छन्।

सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले त्रुटिरहित नतिजा प्रकाशनको तयारी गरेको हो। ढिलो नतिजा आउँदा विद्यार्थीमा अनावश्यक तनाव हुने भएकाले छिटो नतिजा निकाल्ने नीति लिइएको जनाइएको छ।

यस वर्ष एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी छन्। जापानस्थित एक केन्द्रबाट २३ जनाले परीक्षा दिएका छन्।

 

एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्