राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
यसपटक एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्