यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४.०० सम्मको उच्च जीपीए हासिल गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार, परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले सबैभन्दा उच्च जीपीए प्राप्त गरेका हुन् ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन् ।
यसैगरी, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको बोर्डले जनाएको छ ।
२.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १९० रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या केवल ७ जना रहेको छ ।
यस वर्षको नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य देखिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्