Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सर्लाहीमा दुई किशोरी मृत अवस्थामा फेला, एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो

सर्लाहीको गोडैता नगरपालिका–५ रामवन क्षेत्रमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। उनीहरूलाई एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतकहरू रामनगर गाउँपालिका–६ निवासी १७ वर्षीया संगीता दास र १८ वर्षीया नागिना दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार दुवै जनाको शव रामवनस्थित आँपको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा फेला परेको हो।

बुधबार साँझ करिब ६ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वरप्रसाद यादवको नेतृत्वमा फरेन्सिक टोलीसहित थप प्रहरी परिचालन गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै जनाको मृत्यु झुण्डिएर भएको देखाए पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। दुवै किशोरीले एकैसाथ यस्तो कदम किन चाले वा यसमा अन्य कुनै पक्षको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्