Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको जीवित उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याइयो

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्। खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

शेर्पालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ। लामो समयसम्म हिमपात र कठोर मौसमका बीच हराइरहेका उनी अत्यन्त कमजोर अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ।

हिउँका कारण हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई प्राथमिक उपचारपछि सुरक्षित रूपमा हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो।

एक सातासम्म सम्पर्कविहीन रहेपछि जीवितै उद्धार हुनुलाई पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले असाधारण र चमत्कारपूर्ण उद्धारको रूपमा लिएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्