रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मा सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा सपथ ग्रहण गरेका छन्। आइतबार अपरान्ह बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति लामिछानेले ढकाललाई सपथ गराएका हुन्।
नवनियुक्त सचिवालय सदस्य ढकालले पार्टीको नीति, संगठन विस्तार र आगामी निर्वाचन रणनीतिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउने तयारी गरेको छ। रास्वपाले आफ्नो तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’को सदस्यता लिनुका साथै ‘लिडरशिप एकेडेमी’बाट उत्तीर्ण हुनुपर्ने व्यवस्था अघि सारेको छ।
यसअघि पार्टीको सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन सभापति लामिछानेलाई उम्मेदवार छनोट रूपरेखा निर्माण समितिका तर्फबाट हस्तान्तरण गरिएको थियो। पार्टीले उक्त रूपरेखामार्फत योग्य, सक्षम र प्रशिक्षित नेतृत्वलाई प्राथमिकता दिने जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्