Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रुबी खानले तोडिन् २३ दिने अनसन, सरकारसँग ५ बुँदे सहमति

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनसनमा बसेकी रुबी खानले सरकारसँग ५ बुँदे सहमति भएपछि अनसन तोडेकी छन् ।

बुधबार सरकार र रुबी खानबीच भएको वार्तापछि सहमति जुटेको हो । सहमतिपछि प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले खानलाई पानी खुवाएर अनसन तोडाएकी थिइन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा उपचाररत तथा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो । टोलीमा प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दिपा दाहाल सहभागी थिए ।

सरकार र रुबी खानबीच भएको सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव तथा खानले हस्ताक्षर गरेका छन् । सहमतिपछि खानले प्रधानमन्त्री शाह तथा सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गर्दै न्यायका लागि आफूले उठाएको आवाजलाई सरकारले सम्बोधन गरेको बताइन् ।

५ बुँदे सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा अघि बढाइने उल्लेख गरिएको छ । साथै घटनासम्बन्धी अनुसन्धानलाई निष्पक्ष, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता सरकारले जनाएको छ ।

रुबी खानले लामो समयदेखि निर्मला कुर्मी प्रकरणमा न्यायको माग गर्दै आन्दोलन गर्दै आएकी थिइन् । सरकारसँग सहमति भएपछि उनको २३ दिन लामो आमरण अनसन अन्त्य भएको हो ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्