सरकारले देशभर सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरी “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा विकास गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार अब यी केन्द्रहरूलाई रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउने संरचनामा रूपान्तरण गरिनेछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार उक्त रूपान्तरण प्रक्रिया ६० दिनभित्र सम्पन्न गरिनेछ। नयाँ व्यवस्थाले स्थानीय तहबाट श्रम बजार विश्लेषण, सीप तालिम, रोजगार परामर्श तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणजस्ता सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
मन्त्रालयले यस परिवर्तनले रोजगारी व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्