Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने युवक पक्राउ

रौतहटमा जारी प्रतिनिधिसभा निर्वाचनका क्रममा अर्काको नाममा मतदान गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरिया निवासी १८ वर्षीय अरजे हयात रहेका छन्।

प्रहरीका अनुसार हयातले बैरिया अनाथालयस्थित मतदान केन्द्रबाट स्थानीय महमद आसिकको नाममा फर्जी मतदान गर्ने प्रयास गरेका थिए। मतदान अधिकृत तथा सुरक्षाकर्मीले कागजात जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई तत्काल नियन्त्रणमा लिएको हो।

पक्राउ परेका हयातलाई हाल प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्