केन्द्रीय समिति बैठकको निर्णय, विभिन्न पृष्ठभूमिका नेताहरू समेटिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य मनोनीत गरेको छ।
सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनीष झाले बैठकले ६ जनालाई मञ्चमा समावेश गर्ने निर्णय गरेको जानकारी दिए।
मनोनीत हुनेहरूमा तुलसी प्रसाद चौधरी, राम सिंह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी रहेका छन्।
रास्वपाले विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूलाई समेट्दै नेतृत्व संरचना थप विस्तार गर्ने रणनीति अन्तर्गत यो निर्णय गरेको बताइएको छ। यसअघि अन्य राजनीतिक समूहबाट आएका र पछि पार्टीमै सक्रिय रहेका सदस्यहरूलाई पनि मञ्चमा समावेश गरिएको छ।
पार्टीभित्र संगठन विस्तार र नेतृत्व सुदृढ गर्ने उद्देश्यले यस्तो कदम चालिएको नेताहरूको भनाइ छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्