Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ, १७ जेठ । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

आइतबार बिहान सवा ११ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएपछि शून्य समय सञ्चालन गरिएको थियो, जसमा केही सांसदहरूले आफ्ना धारणा राखे ।

त्यसपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै बैठक २० मिनेटपछि बस्ने गरी स्थगित गरेका हुन् ।

आजको कार्यसूचीमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो ।

त्यसपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी थियो । साथै, प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि आजै पारित गर्ने कार्यसूची रहेको थियो ।

तर, बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

संसद् स्रोतका अनुसार दुवै विधेयकमा परेका संशोधनका विषयमा सरकारसँग थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको हो ।

यस विषयमा राष्ट्रिय सभामा रहेका दलका प्रतिनिधिसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले छलफल गरिरहेकी छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा तीन/तीन वटा संशोधन दर्ता भएका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्