Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपाको दुईदिने अभिमुखीकरण सुरु, शीर्ष नेता र विज्ञबाट सांसदलाई प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरस्थित एक होटलमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा गरेका छन्।

कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ। अभिमुखीकरणमार्फत संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिको भूमिका, बजेट तथा कानुन निर्माण, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने विषयमा प्रशिक्षण दिइनेछ।

रास्वपाका अनुसार कार्यक्रममा नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, सुशासन र पारदर्शिता, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण तथा सार्वजनिक उत्तरदायित्वका विषयमा जानकारी गराइनेछ। साथै पार्टीको नीतिगत प्राथमिकता र संसद्‌ भित्र तथा बाहिर समन्वय गर्ने रणनीतिबारे पनि साझा धारणा विकास गरिनेछ।

कार्यक्रममा पार्टीका शीर्ष नेता, कानुनविद्, सञ्चार तथा प्रविधि विज्ञहरूले प्रशिक्षण दिने तालिका छ। उपसभापति डा. स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीको प्रतिबद्धता र सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्।

यस्तै, पूर्वसचिव सुरेश अधिकारीले संसद्‌को संरचना र कार्यप्रणाली, तोयानाथ अधिकारीले संघीय संसद्मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका, डा. दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमको लोकतन्त्रमा प्रभाव, तथा डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन, योजना र बजेट निर्माणका विषयमा प्रशिक्षण दिनेछन्।

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दै समानुपातिकतर्फ ५७ सांसद प्राप्त गरेको छ।

हेर्नेहोस् कार्यतालिका :

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्