Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा पहिलो महाधिवेशनको तयारीमा, वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले पहिलो महाधिवेशनलाई केन्द्रमा राख्दै देशभर संगठन विस्तार र अधिवेशन अभियानलाई तीव्र बनाएको छ । फागुनमा गर्ने तय भएको महाधिवेशन चुनावका कारण स्थगित भएपछि पार्टी अहिले भदौ वा असोजभित्र महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको हो ।

महाधिवेशन केन्द्रित रणनीतिअन्तर्गत पार्टीले वडा र पालिका अधिवेशन दुई चरणमा सञ्चालन गर्ने निर्णय गरेको छ । समिति गठन नभएका वडाहरूको भेला जेठ २ गते बोलाइएको छ भने वैशाख २० अघि गठन भएका वडा समितिको अधिवेशन जेठ ३ गते हुनेछ ।

पार्टी प्रवक्ता मनिष झा का अनुसार जेठ ९ गते पालिका भेला आयोजना गरिनेछ । वैशाख २५ अघि समिति गठन भएका पालिकाको अधिवेशन जेठ १० गते गर्ने निर्णय गरिएको छ । बाँकी वडा समितिको अधिवेशन जेठ १६ गते र पालिका अधिवेशन जेठ १७ गते सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ ।

रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि प्रदेश तथा केन्द्रीय महाधिवेशनको मिति भने अझै सार्वजनिक गरेको छैन । विधानअनुसार महाधिवेशन गर्न कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्ने व्यवस्था छ ।

पार्टी नेताहरूका अनुसार चुनावका कारण रोकिएको अधिवेशन प्रक्रिया अब “फास्ट ट्र्याक” मा अघि बढाइएको छ । आवश्यक स्थानमा तदर्थ समिति गठन गरेर भए पनि अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।

रास्वपाको निर्वाचन आयोगका अनुसार चुनावअघि ४५२ वडा र ६२ पालिकाको अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन आयोगका सचिव भूमिनन्द बराल ले चुनावपछि पनि दुई सयभन्दा बढी वडामा अधिवेशन भइसकेको जानकारी दिएका छन् । उनका अनुसार बारा बाहेक अधिकांश जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।

संशोधित विधानअनुसार अब रास्वपाको केन्द्रीय समिति १२९ सदस्यीय हुनेछ । महाधिवेशनबाट केन्द्रीयदेखि वडा तहसम्मका ६ तहका निर्वाचित संरचना गठन गरिनेछ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्