Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निजी क्षेत्रसँग रवि लामिछानेको स्पष्ट सन्देश: डराउनुपर्ने कारण छैन, सुधार र उत्पादनमुखी अर्थतन्त्रमा जोड

Rabi Lamichhane ले निजी क्षेत्रलाई सम्बोधन गर्दै रास्वपाको सरकारले बाचापत्रअनुसार देश चलाउने स्पष्ट बताएका छन्। उनले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या समाधान र आम नागरिकको दैनिकी सुधारलाई प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार रास्वपाले प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। “नियमसंगत व्यवसाय गर्नेले नेताको घर वा पार्टी कार्यालय धाउनुपर्दैन,” भन्दै उनले सरकार निजी क्षेत्रमैत्री हुने दाबी गरे।

लामिछानेले केही व्यवसायिक विकृति र अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गर्ने पात्रहरूप्रति सरकार कडा हुने संकेत गरे पनि समग्र निजी क्षेत्रलाई भने डराउनुपर्ने अवस्था नभएको स्पष्ट पारे। सुशासन र आर्थिक वृद्धिको यात्रामा केही कठिनाइ आउन सक्ने भए पनि सरकार व्यवसायीको क्षमता र सहयोग लिएर अघि बढ्ने उनको भनाइ छ।

उनले कर प्रणाली सुधार, रुग्ण उद्योग सञ्चालनमा सहयोग, जलविद्युत आईपीओमा कडाइ, लाइसेन्स प्रक्रियामा तीव्रता र आयात–निर्यात प्रणाली सुधारजस्ता विषयमा पनि सरकार सकारात्मक रहेको बताए।

त्यस्तै, एलडीसी ग्राजुएसनपछि देखिने चुनौती सामना गर्न सरकारले आवश्यक कदम चाल्ने, तथा कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रतिबद्धता पनि उनले दोहोर्याए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्