Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पर्सा–बारामा सशस्त्र प्रहरीको ठूलो सफलता, १४ लाखभन्दा बढीको अवैध सामान बरामद

पर्सा र बारामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको कपडा तथा किराना सामान बरामद गरेको छ। भारतबाट राजस्व छलेर नेपाल ल्याइएको करिब १४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बाराको विश्रामपुर गाउँपालिका–५ कटुवा वीर्ताटोलास्थित एक गोठमा लुकाएर राखिएको १७ पोका कपडा बरामद गरिएको हो।

वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा भन्सार कर्मचारीसहित खटिएको टोलीले उक्त कपडा बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित बजार मूल्य करिब ११ लाख ७५ हजार रुपैयाँ रहेको बताइएको छ।

यसैबीच, शनिबार नै पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा नेपाल–भारत सीमा नजिक रहेका घरहरूमा भण्डारण गरेर राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँ बराबरको किराना सामान पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कपडा तथा किराना सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्