Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

समानुपातिक सांसदलाई ‘देशव्यापी पहरेदार’ बन्न प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई कुनै एक क्षेत्र वा भूगोलमा सीमित नरही देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदायको सशक्त प्रतिनिधि बन्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र विविध समुदायबीचको सेतुका रूपमा व्याख्या गर्नुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो। त्यससँगै राष्ट्रिय कानुन निर्माणमा सक्रिय भूमिका खेल्दै समग्र देशको विकासमा ध्यान दिनुपर्छ। प्रत्यक्ष निर्वाचित सांसदहरू एउटा क्षेत्रमा सीमित हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना समुदायका लागि आशाको केन्द्र हुनुहुन्छ।”

उहाँले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

छलफलमा उठेका तात्कालिक विषयमा आवश्यक फलोअप गरिने र आगामी दिनमा सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’ मार्फत सधैं खुला रहने प्रधानमन्त्री शाहको भनाइ थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्