Sunday, September 06, 2026
आइतबार, भाद्र २१, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रतिनिधिसभामा आज राष्ट्र बैंक ऐन संशोधन विधेयक प्रस्तुत हुँदै, बजेटमाथि छलफल सुरु

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधन विधेयक प्रस्तुत हुने भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकको प्रारम्भमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको सम्बन्धमा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

त्यसपछि आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. वाग्लेले वक्तव्यसहित राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय गरिएको छ।

यसैगरी, बैठकमा विनियोजन विधेयक प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। साथै, सरकारको खर्च व्यवस्थापनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक पनि अर्थमन्त्री वाग्लेले सदनमा पेश गर्नेछन्।

आजको बैठकमा राष्ट्र बैंकसम्बन्धी कानुनी व्यवस्था संशोधनदेखि आगामी आर्थिक वर्षको बजेटमाथिको बहस प्रारम्भ हुने भएकाले संसद्को कार्यसूचीलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्