सार्वजनिक खरिद अनुगमन कार्यालय ले विभिन्न सार्वजनिक निकायहरूलाई ठेक्का सम्झौतासम्बन्धी विवरण विद्युतीय प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
कार्यालयले सूचना जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत प्रकाशित भए पनि हालसम्म सम्झौताका विवरण प्रविष्ट नगरिएका ठेक्काहरूको जानकारी १५ दिनभित्र ‘म्यानुअल’ रूपमा प्रणालीमा समावेश गर्न आग्रह गरेको हो ।
विशेषगरी आशयको सूचना र स्वीकृति पत्र प्रकाशित भइसकेपछि सम्झौता सम्पन्न भएका तर तिनका विवरण अझै पनि e-GP प्रणाली मा अद्यावधिक नभएका ठेक्काहरूमा यो व्यवस्था लागू हुने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जेठ ८ गतेको निर्णयअनुसार छुटेका सबै विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ ।
पीपीएमओले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन यस्तो निर्देशन जारी गरिएको जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्