Wednesday, June 10, 2026
बुधबार, जेठ २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.59 SELL AUD/NPR 109.69 SELL BHD/NPR 405.11 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फेवातालमा कार खस्दा एक युवकको मृत्यु

पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबारमा बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका अनुसार गएराति करिब २:१० बजे पामेको गैह्राकोचौतरा नजिक दुर्घटना भएको हो। चालकले नियन्त्रण गुमाउँदा कार सडकबाट सिधै फेवातालमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो। गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकालेर तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो।

तर अस्पताल पुर्‍याइएपछि बिहान ४:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि सवारी साधन वडा प्रहरी कार्यालय बैदाममा लगिएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्