Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फागुन २१ मा मतदान गर्न प्रधानमन्त्री सुशीला कार्कीको अपिल: “भोट भविष्यको निर्णय हो”

१८ फागुन, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गते बिहीबार अरू सबै काम छाडेर मतदान केन्द्रमा पुग्न अपिल गरिन्।

उनले भनिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाएर कसैलाई जिताउनु मात्र होइन, यो त आफ्नो र सन्तानको भविष्य तय गर्ने निर्णय हो।”

प्रधानमन्त्री कार्कीले देश राजनीतिक संक्रमण पार गर्दै स्थायित्वको चरणमा प्रवेश गरेको उल्लेख गरिन्। जेन–जी आन्दोलनपछिको जटिल परिस्थितिलाई शान्तिपूर्ण निकासतर्फ लैजान सरकार सफल भएको दाबी गर्दै उनले विधिको शासन र संविधानको मार्गमा देश अघि बढिरहेको बताइन्।

उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयम अपनाउन आग्रह गरिन्। मौन अवधिको पूर्ण पालना गर्न र स्वस्थ प्रतिस्पर्धामार्फत लोकतन्त्रलाई बलियो बनाउन उनको आह्वान थियो।

निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गरिने विश्वास व्यक्त गरिन्।

सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना र तथ्यहीन सामग्रीप्रति सचेत रहन उनले नागरिकलाई आग्रह गरिन्। यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याइन्।

होली पर्वको सन्दर्भ जोड्दै उनले सबै नेपालीलाई शुभकामना दिइन्। रङहरूको पर्वले एकता र सद्भावको सन्देश दिने भन्दै उनले संयमित र मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरिन्।

त्यसैगरी, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल भइरहेको जानकारी गराइन्।

सम्बोधनको अन्त्यमा उनले फागुन २१ गतेको निर्वाचनलाई ऐतिहासिक, शान्तिपूर्ण र सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि पुनः आग्रह गरिन्।

२०८२ फागुन १८ गते, सोमबार

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्