Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सदनमा प्रधानमन्त्रीको खोजी भएपछि सभामुख पुगे प्रधानमन्त्री निवास

७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको खोजी गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका छन् । सदनमा प्रधानमन्त्री उपस्थित गराउन माग चर्किएपछि सभामुखले संसद् बैठक स्थगित गरेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ । भेटमा संसद्को पछिल्लो अवस्था, विपक्षी दलहरूको विरोध तथा प्रधानमन्त्रीको उपस्थितिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री दिनहुँ सदनमा उपस्थित हुनुपर्ने माग गर्दै प्रश्न उठाइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई संसद्मा बोलाउन सभामुखले औपचारिक रुलिङ गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।

तर सभामुख अर्यालले हालसम्म प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गरेका छैनन् । यसै विषयलाई लिएर विपक्षी दलहरूले बैठकमा निरन्तर दबाब बढाउँदै आएका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्