Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

परवानीपुरमा एक पुरुष मृत फेला, ट्याक्टरको ठक्करको आशंका

बारा, २१ वैशाख — बाराको परवानीपुर गाउँपालिका–३ स्थित बजार क्षेत्रमा सोमबार बिहान करिब ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतकको शरीरमा चोटपटक देखिएकाले उनलाई कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको प्रकृति हेर्दा ट्याक्टरले ठक्कर दिएको र त्यसपछि नजिकैको स्थानमा शव छाडिएको हुनसक्ने आशंका गरिएको छ।

स्थानीयका अनुसार आइतबार राति उक्त स्थान नजिकै ट्याक्टरले माटो खसालेको थियो। सोही क्रममा दुर्घटना भएको हुनसक्ने भन्दै प्रहरीले सम्बन्धित ट्याक्टरको खोजी सुरु गरेको छ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन। स्थानीय बासिन्दाका अनुसार ती पुरुष लामो समयदेखि सडक मानवका रूपमा बजार क्षेत्रमा बस्दै आएका थिए। मृतकको पहिचान खुलाउन र घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

 

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्