पर्सामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–९ का ४२ वर्षीय राम अशिष राउत अहिर र बहुदरमाई नगरपालिका–२ सिसियाडीका ३० वर्षीय सुवास सर्राफ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना.१ज २७६५ नम्बरको टाटा सुमो रोकी जाँच गर्दा लुकाइछिपाइ राखिएको ५२ हजार ३ सय क्याप्सुल ट्रामाडोल (ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी) बरामद गरिएको हो।
बरामद औषधिसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्