घरायसी विवाद उग्र बन्दा घटना, प्रहरीले अनुसन्धान अघि बढायो
पर्सा — पर्साको जिराभवानी गाउँपालिका–१ पिपरा टोलमा पारिवारिक विवाद उग्र बन्दा बुहारीको कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५५ वर्षीया सायदा श्रीवास्त रहेकी छन्। प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै बुहारीको प्रहारबाट उनको ज्यान गएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी २६ वर्षीया बुहारी पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएको छ।
स्थानीयका अनुसार सासू–बुहारीबीच लामो समयदेखि घरायसी विवाद चल्दै आएको थियो। सोही विवाद उग्र बन्दा घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्