Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

पर्सा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा उनलाई सहित चार जनालाई नियन्त्रणमा लिइएको हो। गाडीबाट केही शंकास्पद वस्तु बरामद भएको प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी निगरानी कडा पारिएको छ। बरामद वस्तु र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने डीएसपी बस्नेतले जानकारी दिए।

यसैबीच, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा अर्को घटनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला नगदसहित पक्राउ परेका यादवमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्