Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ओली र लेखक भद्रकालीस्थित प्रहरी परिसरमा राखिए

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएका दुवै जनालाई परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, पक्राउपछि उनीहरूलाई सोही परिसरमा राखिएको हो। प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको थियो।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। त्यसअघि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग छलफल गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्