Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई आज (आइतबार) अदालतमा पेस गरिने भएको छ।

शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार मात्र अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमार्फत जिल्ला अदालत काठमाडौँमा पेस गरिनेछ।

प्रहरीले अनुसन्धानका लागि अधिकतम २४ दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्था रहे पनि त्यसका लागि अदालतको अनुमति आवश्यक हुन्छ। आज अदालतले त्यसबारे निर्णय गर्नेछ।

पक्राउपछि ओली स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले शनिबार बिहान भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा लापरबाही र हेलचेक्र्याइँ भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्