Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको पहलमा मंगलबार बिहान ११ बजे काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा बैठक बस्ने तय भएको हो।

निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो। बैठकबारे जानकारी गराउँदै खतिवडाले समसामयिक राजनीतिक परिस्थिति र सर्वोच्च अदालतमा दायर गरिएको रिटका विषयमा छलफल हुने बताइन्। उक्त रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ।

निवर्तमान केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई टेलिफोनमार्फत बैठकमा सहभागी हुन आग्रह गरिरहेका छन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध देउवा–कोइराला समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। त्यसयता उक्त समूहले समानान्तर गतिविधि अघि बढाउँदै आएको छ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले पनि सक्रिय भूमिका लिँदै आएका छन्। साथै, देउवा–कोइराला समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइ कार्यक्रमसमेत आयोजना गरेको छ।

यसैबीच, केन्द्रीय कार्यसमिति बैठकपछि प्रदेश तथा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारीसमेत भइरहेको खड्का निकट स्रोतले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्